Menu

आजको मौसम

बीरगंजमा बजार अनुगमन तीव्र

Author
Trilok Khabar |
October 06, 2021
Featured

बीरगंज । चाडबाड भित्रिने क्रमसँगै वाणिज्य कार्यालयको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिएको भए पनि बीरगंज बजारमा म्याद गुज्रिएका सामानहरूको विक्री वितरण बढिरहेको छ । 

बजार अनुगमनको क्रममा समेत ठूलो परिणाममा म्याद गुज्रेका समानहरू बरामद भएका छन् ।  धेरै पसलले चाडपर्वको मौका छोपी म्याद नाघेको समान बिक्री गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । 

कोरोना महामारीको कारण ६ महिनादेखि १ वर्षसम्म गोदाममा भण्डारण गरी राखिएको सामान पर्वकै अवसरमा बिक्री गर्ने दाउमा व्यापारीहरू रहेको अनुगमन अधिकारीहरूको आशङ्का छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंजले हालै गरेको बजार अनुगमनको क्रममा म्याद सकिएको खाद्य सामाग्री ठूलो परिणाममा बरामद भएको छ । 

व्यापारीले पुरानो सामानमा नयाँ लेबलिङ्ग गरी नयाँ मूल्य सूची समेत बढाएर बिक्री वितरण  गर्ने क्रममा वीरगंजका अधिकांश पसलबाट म्याद नाघेका बिस्कुट, चकलेट, बर्नभिटा, चिउरा, भुजिया लगायतका खाद्यवस्तु र पेय पदार्थमा रियल जुस, कोकोकोला, फ्यान्टा, बोटलको पानी लगायतका सामाग्री भेटिएको छ । 

दशैंको मौका छोप्दै व्यापारीहरूले म्याद नाघेका खाद्य सामग्री उपभोक्तालाई झुक्काएर बिक्री वितरण गर्ने गरेका छन् । वीरगंजको विभिन्न स्थानमा रहेका डिपार्टमेन्ट स्टोर तथा किराना पसलहरूमा पनि यस्ता म्याद नाघेका र आफु खुशी मूल्य बढाएर बिक्री गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ । 

खाद्य सामाग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिवाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार रहेको छ । 

यद्यपि कार्यालयले अनुगमन गरेर जरिवाना गरे पनि कडा कारबाही नहुँदा व्यवसायीहरूको एकाधिकार बढ्दै गएको उपभोक्ताहरूले बताएका छन् । 



https://ift.tt/3Ae8iJH

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3