
जनकपुरधाम । हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई १० लाख राहत प्रदान गरिएको छ ।
नेपाल सरकारले हात्तीको आक्रमणमा परी मृत्यु भएका धनुषाका पदमबहादुर खपतडी मगरको श्रीमती टुकीमाया खपतडी मगरलाई राहत स्वरूप १० लाखको चेक आज प्रदान गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला तथा डिभिजन वन अधिकृत सुनिल कर्णले संयुक्त रुपमा सो चेक मृतकको परिवारलाई प्रदान गर्नुभएको हो ।
२०७७ लाल चैत्र १६ गते घरमा सुतिरहेको समयमा जङ्गली हात्तीले आक्रमण गर्दा मिथिला नगरपालिका वडा नंं ८ का वर्ष ८० को पदमबहादुर खपतडी मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृतकको शवको कानुनी प्रक्रिया पुरा गरेर राहतका लागि डिभिजन वन कार्यालयले नेपाल सरकार समक्ष सिफारिस गरेको थियो ।
वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई सो राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय धनुषाका प्रमुख कर्णले जानकारी दिनुभयो ।
राहत रकमको चेक हस्तान्तरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बास्तोलाले नेपाल सरकारले प्रदान गरेको रकमबाट पीडित बृद्धा महिलालाई गुजारा गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल सरकारले हुने जति सहयोग आपत् विपत्मा परेकालाई गर्दै आएको बताउँदै हात्तीको आक्रमणले श्रीमान् गुमाएकी महिला मगरलाई सरकारले राहत रकमका साथै मासिक रुपमा ज्येष्ठ नागरिक भत्ता पनि दिँदै आएको बताउनुभयो ।
https://ift.tt/3l7sHvv
प्रतिक्रिया लेख्नुहोस्