Menu

आजको मौसम

पर्साको ड्राइपोर्ट ट्राफिक का प्र•स•नि बलिराम चौधरीले मचाए ब्रह्मलुट।

Author
Trilok Khabar |
September 06, 2024
Featured


भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ।  अाइसिपि र सुख्खा बन्दरगाह बाट विभिन्न उधोगका लागि जाने कच्चापदार्थ  ढुवानी गर्ने अथवा अन्य सवारी साधन बाट ड्राइपोर्ट ट्राफिक प्रहरीले विभिन्न चेकजाँचको बहानामा अबैध रूपले रकम असुली गरिरहेको एक चालकले बताएका छन। सवारी ब्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै मुख्य बाटोमा गाडीहरू, मालवाहक सवारीसाधनहरू लाई रोकी रकम असुली गर्दै अाएको खुलेको छ।  मालवाहक सवारीसाधनको भारवहन नियम सम्बन्धि निर्देशिका २०७४ मा तोकिएको क्षमता भन्दा बढि भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरिवाना गरि बढी भएको मालसमान झार्नुपर्ने व्यवस्था छ।सोही कानुनमा टेकेर जाचमा खटिएका ड्राइपोर्ट ट्राफिक प्रहरीले चालकहरू संग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन।        प्रत्येक २ महिनामा ड्राइपोर्टको इन्चार्जहरू परिवर्तन हुने गरेको छ। सवारी चालकका अनुसार अाफ्नो सबै कागजात दिए पनि नेपालमा यो हुदैन,त्यो हुदैन भनेर ड्राइपोर्ट ट्राफिक का प्र•स•नि बलिराम चौधरीले ट्राफिक जवानहरू लाई अाई सिपि र सुख्खाबन्दरगाहबाट अाएका प्रत्येक सवारी साधनबाट १हजार देखि २५ सय सम्म अबैध असुली गर्ने गरेको चालकको भनाइ थियो ।अतः यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगाो संगठन बदनाम भएको प्रति सम्बन्धित निकाएको ध्यान जान अति अावश्यक देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3