Menu

आजको मौसम

प्रदेश नं २ : प्रदेश प्रमुख मिश्रद्वारा दुई अध्यादेश जारी

Author
Trilok Khabar |
November 10, 2021
Featured

धनुषा। प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुई वटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारिसमा आज जारी गर्नुभएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कात्तिक ९ गते दुई वटा अध्यादेश जारी गर्न सिफारिसको लागि प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गर्नुभएको हो । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगन्जमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले अध्यादेश सिफारिस गरेको थियो । कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख गरिएको छ ।



https://ift.tt/3n0O4zW

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3