जनकपुरधाम । प्रदेश नंं २ का सरकारले प्रदेश परिवहन सेवा सञ्चालनका लागि खरिद गरेको अत्याधुनिक बस सञ्चालनको तयारी गरेको छ ।
प्रदेश नंं २ का सरकारले खरिद गरेको सो बस सञ्चालनका लागि निर्देशिका बनाउने काम भएको प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।
बस सेवा प्रदेश सरकारले सञ्चालन गर्ने पक्षमा रहेको छैन । प्रदेश सरकारले निर्देशिका बनाउने काम सकेको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिनु भएको छ । निर्देशिका चाडै मन्त्रीपरिषदवाट पारित गराएर बस सञ्चालन गरिने मन्त्री यादवले जानकारी दिनु भयो ।
तत्कालीन मन्त्री जितेन्द्र सोनारले बस सञ्चालनको कुनै तयारी नै नगरेर ५ वटा डिलक्स बस खरिद गरेका थिए । बस खरिद भएको एक वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन ।
बसलाई अहिले मधेश भवनको खुल्ला चौरमा राख्ने काम भएको छ । बसको रङ्ग तथा केही सामानहरू बिग्रन थालेको छ । करिब ३ करोड ९ लाख ८१ हजारमा खरिद भएको बस जनकपुर–राजविराज, जनकपुर–बीरगंज सञ्चालन गराउने पक्षमा तत्कालीन मन्त्री सोनार रहनु भएको थियो ।
टाटा कम्पनीले निर्माण गरेको सो बस अत्याधुनिक रहेको छ । बस निजी क्षेत्रलाई सञ्चालन गर्नका लागि शर्त बनाएर हस्तान्तर गर्ने पक्षमा प्रदेश सरकार रहेको बताउनु भयो ।
https://ift.tt/3DMSobI
प्रतिक्रिया लेख्नुहोस्