लहान । समाजसेवी महेश चौधरीले आफू बाचुन्जेल पत्रकारहरूलाई प्रत्येक वर्ष जेष्ठ २२ गते पुरस्कार दिने घोषणा गर्नु भएको छ ।
श्रीमतीको स्मरणमा प्रत्येक बर्ष जिल्लाका एक जना उत्कृष्ट, क्रियाशील पत्रकारलाई नगद रु ५१ हजार पुरस्कार दिने घोषणा गरेको हो । छठ पर्वको उपलक्ष्यमा चौधरीले निवासमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी त्यस्तो घोषणा गर्नु भएको हो ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सिफारिसमा समाजसेवी चौधरीले सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त रकम पत्रकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेको नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले बताउनुभयो ।
कोरोनाको कारण चौधरीको श्रीमती संगिता कर्माचार्यको २०७८ जेष्ठ २२ गते उपचारको क्रममा अल्पायुमै निधन भएको थियो ।
कोभिडको समयमा आफ्नो निजी लगानी र मनकारीहरूको सहयोगमा जिल्लाका करिब ४ हजार लक्षित वर्ग अन्तर्गत विपन्न परिवारहरूलाई जोडिद्वयले राहत बाडेका थिए ।
ज्यानको ख्याल नगरी विपन्न परिवारका लागि करोडौँ बराबरको राहत बाँड्दा बाँड्दै चौधरीको श्रीमतीलाई कोरोनाको कारण मृत्यु भएको थियो । श्रीमतीको समाजप्रतिको मोहलाई जीवित राख्न हाल सम्म पनि प्रत्येक महिनाको २२ गते चौधरीले विभिन्न सामाजिक कार्यहरू गर्दै आउनु भएको छ ।
पत्रकारिता पेशामा रहेर मात्र जीविकोपार्जन गरिरहेका पत्रकारहरूलाई सधैँ आर्थिक हिसाबले जोखिम झेल्नु परिरहेकोले कलमजिवी पत्रकारहरूको सम्मानको लागि उक्त पुरस्कारको घोषणा गरेको समाजसेवी चौधरीले बताउनभयो ।
https://ift.tt/3wsczZD
प्रतिक्रिया लेख्नुहोस्