स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा आज सरसफाइ

SHARE:

जनकपुरधाम  ।  विवाह पञ्चमी महामहोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा आज बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

विवाह पञ्चमीको मूल कार्यक्रम हुने जानकी मन्दिर, रंगभूमि मैदानलाई केन्द्रित गरेर बृहत् सरसफाइ गर्ने काम सम्पन्न भएको हो । 

गत सोमवार जानकी मन्दिर व्यवस्थापनले गरेको बृहत् बैठकले आजको लागि बृहत् सरसफाइ गर्ने निर्णय गरे अनुसार बृहत् सरसफाइ गरिइएको हो । 

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अगुवाइमा भएको बृहत् सरसफाईमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी सहितका विशिष्ट व्यक्तिहरू सहभागी हुनुभएको थियो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका प्रदेशका प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला सहितका सुरक्षा निकायहरूको सहभागितामा भएको बृहत् सरसफाइ कार्यक्रममा तीनै सुरक्षा निकायका सुरक्षा सुरक्षाकर्मीहरू र जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

जनकपुरधामको बार बिघा रङ्ग भूमि मैदान, जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर क्षेत्रमा विशेष सरसफाइ गर्ने काम भएको छ । 

मङ्सिर १७ गते देखि २३ गतेसम्म हुने  सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूलाई कुनै कठिनाइ नहोस् भन्नका लागि सरसफाइ गरिएको हो । 

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत १७ गते शुक्रवारदेखि जनकपुर नगर दर्शनबाट महोत्सव सुरु हुन भएको छ  । मुख्य कार्यक्रम विवाह महोत्सव भने मङ्सिर  २२ गते बुधवार हुनेछ  । 

सफाइ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरमा आएर पान पराग, गुट्खा, तमाकू पान खाएर थुक्ने कार्य बन्द गर्नका लागि सर्वसाधारणमा आग्रह गर्दै यसमा कडाइ गर्नका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभयो । 

जानकी मन्दिरको सौन्दर्यमा प्रदेश सरकारले करोडौँ रकम खर्च गरेको बताउँदै यसको संरक्षण गर्ने दायित्व आम जनताको भएको बताउनुभयो । नगर क्षेत्रमा धेरै फोहर भएकाले सफाइ गर्नमा अझै समय लाग्ने छ ।  



https://ift.tt/31hkY7d

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा आज सरसफाइ
विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा आज सरसफाइ
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/261673508_289319533208505_3426621192773961587_n-1024x682.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content