Menu

आजको मौसम

तोरी खेतीले गुमेको साख फर्काउँदै ठोरी

Author
Trilok Khabar |
December 17, 2021
Featured

बीरगंज । विगतमा अवैध गाँजा खेतीले बदनामी कमाएको ठोरी गाउँपालिका अहिले तोरी खेतीले आफ्नो गुमेको साखलाई फर्काउने तयारीमा जुटेको छ । 

अवैध गाँजा खेती नियन्त्रणमा प्रहरी प्रशासन जुटेसँगै विगत १० वर्षयता पर्सामा वैकल्पिक नगदे बालीको रुपमा ठोरीका किसानहरूले सुर्ती खेती र तोरी खेतीलाई अपनाएका छन् । 

ठोरी क्षेत्रमा सूर्य टोबाको कम्पनीले सुर्ती खेती गर्न किसानहरूलाई मल, बिउ, दिएर प्रोत्साहित गर्दै आएको छ भने नगदे बालीको रुपमा रहेको तोरी खेती अहिले चितवनबाट ठोरीतर्फ सरेको छ । 

ठोरीका अधिकांश गाउँहरूमा अहिले तोरी फुलेर पहेलपुर भएको छ । ठोरीको नयाँ बस्ती, सुन्दरबस्ती, बजारलाइन, सुवर्णपुर, विजयबस्ती, रामनगर लगायतका क्षेत्रमा अहिले ठूलो परिणाममा तोरी खेती गरिएको र ठोरीका किसानहरू आय आर्जनमा तोरी खेतीले विशेष टेवा पुर्‍याएको ठोरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामप्रकाश कुवरले बताउनुभयो । 

तोरी खेतीमा जङ्गली जनावरले समेत त्यति नोक्सानी नपुर्‍याउने र सिँचाइ पनि नचाहिने हुँदा ठोरीका किसानहरूले मुख्य बालीकै रुपमा तोरी खेती लगाउने गरेको कुँवरले बताउनुभयो । 

यस वर्ष ठोरीमा मात्रे झण्डै ३ हजार बिगाहामा तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 



https://ift.tt/3p62Q9i

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3