स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

माग पुरा गर्ने सहमति भएसँगै ११ दिनदेखिको आमरण अनसन टुङ्गियो

SHARE:

बीरगंज । पटेर्वासुगौली गाउँपालिकाको भ्रष्ट्राचार विरुद्ध आमरण अनसन बसेका रामजन्म ओझैयाले उठाएका जायज माग पुरा गर्ने सहमति भएसँगै ११ दिन देखिको अनसन टुङ्गिएको छ । 

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल सहितको टोलीले एक साथ अनसनमा बसेका ओझैयालाई जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सहमतिपछि जुस खुवाएर अनसन टुङ्गिएको घोषणा गरिएको थियो ।
 सो अवसरमा अनसनमा बसेका ओझैयाले राखेका मागका सम्बन्धमा गाउँपालिकाले गर्न सक्ने काम पालिका स्तरबाट गर्ने र नसक्ने विषय सङ्घ र प्रदेश सरकारसँग पुरा गर्न अनुरोध गर्ने, गाउँपालिकाको कर्मचारी र दरबन्दी मिलान गर्ने, गाउँपालिकाले गर्दै आएका कामको सार्वजनिक सुनुवाइ गरिने सहमति भएको छ । 

गाउँपालिकाको अनियमितता विरुद्ध ओझैयाले मङ्सिर १५ गतेदेखि १९ गतेसम्म धर्नामा बसेको र माग पुरा नभएपछि मङ्सिर २० गतेदेखि आमरण अनशन सुरु गरेका थिए । 

मुख्य रुपमा ओझैयाले गाउँपालिका र वडा कार्यालयहरूमा कर्मचारीहरू समयमा उपस्थित भई काम गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुपर्ने, गाउँपालिकामा भएका विकास कार्यको उपलब्धिबारे स्थानीयवासीलाई जानकारी गराउनुपर्ने, गाउँपालिका अन्तर्गतका खेलाडीहरूका लागि खेलमैदान, प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, तलब भत्ता तथा खाने–बस्ने व्यवस्था गर्नुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मल खाद तथा उपकरणहरूको सुविधा उपलब्ध गराउनुपर्ने, लगायतका माग राखेका थिए । 

मागका बारेमा समग्र छलफल भएको र जिल्ला प्रशासन कार्यालयमा आज पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीसहित उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका शिक्षा, कृषि, स्वास्थ्य शाखाका प्रमुखहरू, वीरगंजका सञ्चारकर्मीहरूको रोहवरमा सहमति भएको निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: माग पुरा गर्ने सहमति भएसँगै ११ दिनदेखिको आमरण अनसन टुङ्गियो
माग पुरा गर्ने सहमति भएसँगै ११ दिनदेखिको आमरण अनसन टुङ्गियो
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_32.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_32.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content