स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पर्सामा मतदाता नामावली सङ्कलन कार्य तीव्र, सेवाग्राहीको भिड

SHARE:

बीरगंज ।  पर्सा जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । 

जिल्ला निर्वाचन कार्यालय पर्साले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत पहिलो चरणमा ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले मङ्सिर १७ गतेदेखि पुस २ गते सम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत पहिलो चरणमा ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिनुभयो । 

अभियानअन्तर्गत पुस ४ गतेबाट सञ्चालन भएको दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियान अन्तरगत अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय पर्सा बाहेक विभिन्न ६ स्थानबाट नामावली सङ्कलन गर्ने कार्य भइरहेको प्रमुख झाले बताउनुभयो ।

पहिलो चरणमा पोखरीया नगरपालिकामा ११ सय ६०, कालिकामाई गाउँपालिकामा ९ सय ७६, सखुवाप्रसौनी गाउँपालिकामा २१ सय ८८, जिराभवानी गाउँपालिकामा ११ सय ३६, बहुदरमाई नगरपालिकामा १३ सय ७४, पकहामैनपुर गाउँपालिकामा १२ सय ९८, जगरनाथपुर गाउँपालिकामा १८ सय ३९ जना गरी ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख झाले बताउनुभयो । 

त्यसैगरी, दोस्रो चरण अन्तरगत अहिले पुस ४ गतेदेखि वीरगंज महानगरपालिका क्षेत्रको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्य भइरहेको र पर्साको ग्रामीण क्षेत्र अन्तरगत ठोरी, पटेर्वा सुगौली, पर्सागढी, छिपहरमाई, विन्दवासिनी र धोबिनी गाउँपालिकामा मतदाता नामावली सङ्कलन कार्य जारी रहेको र यो अभियान आगामी पुस १७ गतेसम्म सञ्चालन हुने प्रमुख झाले बताउनुभयो ।

पर्सा जिल्लामा मतदाता नामावली सङ्कलन गर्नुभन्दा अगाडी ३ लाख ९ हजार ४ सय ३७ जनाको नामावली दर्ता भइसकेको र यसअघि, सम्पन्न स्थानीय, संसदीय तथा प्रदेशसभाको निर्वाचनमा ३ लाख १ हजार ५ सय मतदाताको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । 
आगामी बर्ष निर्वाचन बर्ष भएको र वर्षको सुरुवातमै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेसँगै अहिले राजनीतिक दलहरू आ–आफ्ना गाउँमा मतदाता बढाउन नामावली दर्ता अभियानमा जुटेका छन् । 

दलहरू सक्रिय हुँदा मतदाता नामावली सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलगायत गाउँमा खटिएको सङ्कलन केन्द्रमा सेवाग्राहीको ठूलो भिड लाग्ने गरेको छ । 



https://ift.tt/3Jli7v6

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पर्सामा मतदाता नामावली सङ्कलन कार्य तीव्र, सेवाग्राहीको भिड
पर्सामा मतदाता नामावली सङ्कलन कार्य तीव्र, सेवाग्राहीको भिड
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A4%A4%E0%A4%A6%E0%A4%BE%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80-%E0%A4%A5%E0%A4%AA%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%AD%E0%A4%BF%E0%A4%A11-1.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_77.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_77.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content