Menu

आजको मौसम

स्कुल बसमा आगलागी हुँदा ४५ लाखभन्दा बढीको क्षति

Author
Trilok Khabar |
December 16, 2021
Featured

बीरगंज । बीरगंजको प्रतिमा चोक अगाडी आज अपराह्न ४ बजे गोल्डेन गेट एकेडेमी प्रा.ली.को बसमा आगलागी हुँदा४५ लाखभन्दा बढीको क्षति भएको छ ।

प्रतिमा चोकस्थित नेपाल आयल निगम अगाडि ना२क ३७५ नम्बरको स्कुल बस बिग्रिएर बनाउनका लागि रोकिराखेको अवस्थामा बाईरिङ्गको तार सर्ट भई अचानक आगलागी हुँदा बस पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

स्कुल बसमा लागेको आगोलाई बीरगंज महानगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । 

स्कुल बस बिग्रिएको कारण रोकिएको अवस्थामा आगलागी भएको हुँदा मानवीय क्षति नभएको खनालले बताउनुभयो ।  



https://ift.tt/3dUHTYG

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3