Menu

आजको मौसम

वीरगंजमा खोप लगाउनेहरूको भिड

Author
Trilok Khabar |
December 09, 2021
Featured

वीरगंज । वीरगंज महानगरपालिका तथा पर्सा जिल्लामा जारी कोरोना सङ्क्रमण विरुद्धको खोप अभियानमा खोप लगाउनेहरूको भिड बढेको छ ।  

नेपालमा समेत ओमिक्रोन नामक कोरोनाको नयाँ भाइरस भेटिएसँगै खोप नलगाई बसेकाहरूमा सन्त्रास छाएको र खोप नलगाउनेहरू अहिले धमाधम खोप केन्द्रमा पुगेपछि भिड बढेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख  जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो । 

वीरगंज महानगरपालिकाका ३२ वटै वडाका खोप केन्द्रहरूका साथै वीरगंजको घण्टाघर स्थित प्रहरी विट,  आदर्शनगर स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा पनि खोप केन्द्र स्थापना गरी खोप लगाइएको वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले जानकारी दिनुभयो । 

३ दिनसम्म जारी रहने खोप अभियानमा महानगरपालिका भित्र मात्रै ३७ वटा खोप केन्द्र स्थापना गरिएको र महानगरपालिकाले हालै खोप भण्डारण कक्ष समेत सञ्चालनमा ल्याएको कारण खोपको व्यवस्थापन सहज भएको नगर प्रमुख सरावगीले बताउनुभयो । 
उहाँले १८ वर्ष भन्दा माथिका सबै नगर क्षेत्रका बासिन्दालाई  खोप अभियानमा सहभागी हुन आग्रह पनि गर्नुभयो । 

वीरगंज महानगरले नगर क्षेत्र भित्र सञ्चालित खोप अभियान अन्तरगत बुधवार र बिहीबार पहिलो चरणमा भेरोसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि शुक्रवार कोभिसिल्डको खोप लगाउने योजना बनाएको छ ।



https://ift.tt/334wjYM

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3