Menu

आजको मौसम

सर्लाहीमा आगलागी हुँदा दुईको मृत्यु, एक घाइते

Author
Trilok Khabar |
December 16, 2021

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागीबाट एक बालिका र एक वृद्धाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छिन ।

बुधवार राति कबिलासि नगरपालिका वडा नं.७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा बिद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागी बाट चमारको छोरीहरू वर्ष ८ कि लक्ष्मी कुमारी, वर्ष ३ कि सोगन्धि कुमारी जली घाइते भएका थिए ।

चमारको घाइते छोरीहरूको  जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचार पश्चात् थप उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा बिहीबार बिहान बाटोमै ३ वर्षीया बालिका सोगन्धिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चमारको अर्का ५ वर्षीय छोरी सुधा स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडाबर्तन जली अन्दाजी मूल्य रु. ५० हजार बरावरको क्षति भएको तथा चौपाया क्षति नभएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

यसैगरी सर्लाहीको मलंगवा नगरपालिकामा पनि आगलागी बाट एक वृद्धाको मृत्यु भएको छ । बुधवार राति वडा नं. ६ खुटौना बस्ने नसिर खाँ आफ्नो घर देखि अन्दाजी ५ सय मिटर टाढा बाटो को छेउमा पराल बाली आगो ताप्ने क्रममा अचानक वृद्ध खाँले लगाएको कपडामा आगो लागेको थियो ।

वृद्धालाई आगोले पोली छटपटाई नालिमा खसेको अवस्थामा प्रहरी गस्ती टोलीले देखि उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल मलंगवा पठाएको थियो । घाइते वृद्धाको अनुहार, शरीरको विभिन्न भागमा पोलेको तथा अवस्था गम्भीर रहेकोमा बिहीबार बिहान उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3