Menu

आजको मौसम

बिलबिजकभन्दा बढी सामान ढुवानी गर्ने ट्रकसहित चालक पक्राउ

Author
Trilok Khabar |
January 19, 2022
Featured


वीरगंज, ५ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याइएको खुद्रा तथा हार्डवेयर सामानसहित ट्रकलाई वीरगंज भन्सार चलान गरेको छ । 
बिलबिजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरी काठमाण्डौ लैजाँदै गरेको प्र.२–०३–००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई वीरगंज–८ स्थित माईस्थान सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो । 
प्रहरीले ट्रक चालक वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैया बस्ने वर्ष ३२ को रौफ आलमलाई पक्राउ गरी नियन्त्रणमा लिएको सामानको रु ५० लाख मूल्यांकन गरी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3