स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

SHARE:

सर्लाही, ६ माघ/
जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ ।
अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सनटे«टर तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "अब गम्भीर अवस्थाका सङ्क्रमितको उपचार जिल्लामै गर्न सकिन्छ ।" 
अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रूपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले बताइएको छ । सर्लाहीमा अहिले तेस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट ३६ जना सङ्क्रमित भएका छन् । उनीहरू सबै होम आइसोलेशनमै छन् । 
मलङ्गवा नगरपालिकाका नगर प्रमुख नीरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डा चन्दन झासमेत कोरोना सङ्क्रमित भई आइसोलेशनमा रहेका छन् । कोरोना सङ्क्रमण बढेपछि जिल्ला अस्पताल मलङ्गवामा पीसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।
तर लक्षण देखिएका बिरामीले कोरोना भाइरस सङ्क्रमण परीक्षणमा बेवास्ता गरेकाले नियमित रूपमा ल्याब सञ्चालन गर्न समस्या परेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता, सडक, बजारमा निस्कँदा मास्क नलगाउँने, भीडभाड गर्नेजस्ता लापरबाही गर्नेलाई कोरोना सङ्क्रमण फैलन मद्दत पुगिरहेको अस्पतालका प्रमुख डा झाले बताउनुभयो । 
भारतसँगको खुल्ला सिमाना र जिल्लाका हाटबजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना भाइरस सङ्क्रमण दर बढेको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा
जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_484.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_484.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content