Menu

आजको मौसम

कृषि उत्पादनको प्रवद्र्धन जीतपुरमा ग्रामीण बजार

Author
Trilok Khabar |
January 24, 2022
Featured

बारा, १० माघ । बाराको कुश्माडीमा स्थानीय कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले  ग्रामीण बजार सञ्चालनमा आएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कुश्माडीमा ग्रामीण बजार सञ्चालनमा आएको हो । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो । हरेक हप्ताको मङ्गलवार र शुक्रवार बजार लाग्ने स्थानीय देवी बहादुर भण्डारीले जानकारी दिनु भयो । 
कुश्माडी बाहुनटोल स्थित शिव मन्दिर परिसरमा गत मङ्गलवारबाट सञ्चालनमा आएको बजारमा तरकारी, फलफूल तथा माछामासुका पसल सञ्चालन हुँदै आएको बताउनुभयो । स्थानीय उत्पादनलाई वृद्धि गर्दै राष्ट्रिय बजारसँग पहुँच वृद्धि गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको स्थानीय जनप्रतिनिधि कुमार लामाले बताउनुभयो । 
बजार प्रवद्र्धन र व्यापार सुरक्षा सहित बजार क्षेत्रमा आवश्यक संरचना निर्माण गर्नका निमित्त आर्थिक सहयोग जुटाउने कार्य भइरहेको छ । हाल सम्म करिब १ लाख रुपियाँँ बराबर नगद तथा निर्माण सामाग्री सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3