Menu

आजको मौसम

धनुषामा चिसोका कारणले १ महिलाको मृत्यु, ४ पालिकाका विद्यालयहरू बन्द

Author
Trilok Khabar |
January 04, 2022
Featured

जनकपुरधाम । कठ्याग्रीदो जाडोका कारणले धनुषा जिल्लामा एक जना व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ घर भएका विष्णुदेव यादवको श्रीमती वर्ष ६० की समुद्री देवी यादव रहेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले जानकारी दिनु भएको छ । 

चिसो लागेपछि केही बेर कापेर लडेकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गर्दा उपचार हुँदा हुँदै गए राति मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो । 

यसै बीच कठ्याग्रीदो जाडोका कारणले धनुषाका ४ वटा पालिकाको शिक्षण संस्था बन्द गरिइएको छ । शिक्षण संस्थाहरू बन्द हुनेमा क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी र लक्ष्मिनीयाँ गाउँपालिकाले चिसोका कारणले आज देखि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरेले एक सूचना जारी गर्दै पालिकामा सञ्चालन रहेको संस्थागत तथा सामुदायिक  विद्यालयलाई मङ्गलवार देखि शनिवारसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको जानकारी दिनु भएको छ । 

त्यस्तै नगराइन नगरपालिकामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । नगराइन नगरपालिकाले अत्यधिक बढेको जाडोका कारण पठनपाठनमा समस्या भएको भन्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

लक्ष्मीनियाँ तथा मुखियापट्टी गाउँपालिकाले जाडो बढेको भन्दै अनिश्चितकालका लागि पालिकामा रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेको छ । लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीशंकर यादवले सूचना जारी गर्दै मङ्गलवार देखि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि विद्यालयहरूमा पठन पाठन बन्द जानकारी दिनु भएको छ । 

केही दिन देखि मौसम परिवर्तन भएपछि चिसोको कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउन थालेको र थप जोखिम आउने भएकाले सम्बन्धित पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

पश्चिम दिशावाट चलेको चिसो हावासंगैको शीतलहरका कारणले विद्यालयमा पढ्ने साना साना बालबालिका, असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, दम तथा रुघा खोकीका बिरामीहरू बढी मारमा परेका छन् ।  



https://ift.tt/3zovNRr

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3