Menu

आजको मौसम

घुर ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

Author
Trilok Khabar |
January 20, 2022
जनकपुर,०६ माघ । चिसो छल्न आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक वृद्धाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको हो । बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक सातायताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3