बीरगंज । जिल्ला निर्वाचन कार्यालय पर्सामा चालु आर्थिक वर्षको श्रावणदेखि पुस १८ गतेसम्म ३२ हजार ७ सय ९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
नाम दर्ता गराउनेहरू मध्ये १६ हजार १ सय ३५ जना महिला र १६ हजार ६ सय ६१ जना पुरुष रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तरगत पहिलो र दोस्रो चरणमा गरी २० हजार ३ सय १५ जनाले नाम दर्ता गराएको र श्रावण देखि हाल सम्म निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जारी अभियानमा सहभागी भई १२ हजार २ सय १२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो ।
मतदाता नामावलीमा ३२ हजार ७ सय ९६ जना समावेश भएसँगै पर्सामा ३ लाख ३७ हजार ४ सय ६४ जनाको मतदाता नामावली मा नाम दर्ता भएको प्रमुख झाले बताउनुभयो ।
अभियानको रुपमा मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म एक महिने अभियानको क्रममा विन्ध्यवासिनी गाउँपालिकामा पुरुष ७ सय १३, महिला ७ सय ८६ गरी कुल १ हजार ४ सय ९९, पकाहामैनपुर गाउँपालिकामा पुरुष ३ सय ६५, महिला ६ सय ६० गरी १ हजार २ सय ९५ जना, धोबिनी गाउँपालिकामा पुरुष ५ सय ५३, महिला ५ सय ५० गरी १ हजार १ सय ३, बहुदरामाई नगरपालिकामा पुरुष ६ सय ८२, महिला ६ सय ९६ गरी १सय ३ सय ७८, पर्सागढी नगरपालिकामा पुरुष १ हजार ३ सय ३९, महिला १ हजार ५ सय १८ गरी २ हजार ८ सय ५७, सखुवाप्रसौनी गाउँपालिकामा पुरुष १ हजार १ सय १४, महिला १ हजार ८२ गरी २ हजार १ सय ९६, पोखरिया नगरपालिकामा पुरुष ४ सय ८६, महिला ६ सय ७५ गरी १ हजार १ सय ६१ जना, छिपहरमाई गाउँपालिकामा पुरुष ७ सय ४२, महिला ६ सय ७३ गरी १ हजार ४ सय १५ जना, जगरनाथपुर गाउँपालिकामा पुरुष ९सय ६, महिला ९ सय २४ गरी १हजार ८ सय ३० जना, पटेर्वासुगौलीमा पुरुष ७ सय १७, महिला ७ सय ३१ गरी १ हजार ४ सय ४८, जीराभवानी गाउँपालिकामा पुरुष ५ सय ५५, महिला ५ सय ७६ गरी १ हजार १ सय २६, ठोरीमा पुरुष १ हजार, महिला १ हजार ३१ गरी २ हजार ३१, कालिकामाईमा पुरुष ४ सय ९२, महिला ४ सय ४८ गरी ९ सय ७६ जनाको नाम सड्ढलन भएको प्रमुख झाले बताउनुभयो ।
पालिकामा विशेष अभियान सञ्चालन गर्दा पुरुष ९ हजार ९ सय २९ र महिला १० हजार ३ सय८६ गरी जम्मा २० हजार ३ सय १५ जनाको नाम दर्ता भएको उहाँले बताउनुभयो ।
निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म बाहिरी जिल्लामा दर्ता गराउने ओडिआर अन्तर्गत १ सय ६९ जनाले गराएका छन् ।
अहिले पर्सा जिल्ला अन्तर्गत निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सुपौलीमा नामावली सड्ढलन जारी रहेको र निर्वाचनको मिति नतोकेसम्म जिल्लाका तीन ठाउँबाट छुटफुट भएका व्यक्तिहरूले नाम दर्ता गराउन सक्ने प्रमुख झाले बताउनुभयो ।
https://ift.tt/3G0qUAH
प्रतिक्रिया लेख्नुहोस्