बीरगंज । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत स्थगित भएको पर्सा जिल्ला अधिवेशन तथा स्थानीय पालिकाको अधिवेशनले पर्सामा काँग्रेसलाई तताएको छ ।
नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको नगर अधिवेशनका लागि आज पार्टी कार्यालय रामगढवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
नगर सभापतिसहित देउवा प्यानलबाट राधेश्याम चौरसियाको टिमले उम्मेदवारी दिएको छ भने कोइराला प्यानलबाट मणिन्द्रलाल श्रेष्ठको प्यानल खडा भएको छ ।
यसैगरी, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव दिपेन्द्र चौहानले समेत सभापति पदमा उम्मेदवारी दिनुभएको छ । चौहानको भने कुनै प्यानल रहेको छैन ।
देउवा प्यानलबाट उपाध्यक्षमा विजय सिंह, सरजुग महतो, सचिवमा धिरज कुमार गुप्ता, श्याम कुमार प्रसाद कुर्मी, सहसचिवमा दिपक कुमार साह र सदाम हुसैन समानीले उम्मेदवारी दिएका छन् भने कोइराला प्यानलबाट उपाध्यक्षमा सन्तोष गुप्ता, बिर भूषण पटेल, सचिवमा सञ्जय श्रीवास्तव, शिवचन्द्र प्रसाद यादव, सहसचिवमा जयन्द्र पटेल र सम्मसाद अलीले उम्मेदवारी दिनुभएको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति महम्मद सहाबुद्दिनले जानकारी दिनुभयो ।
यता उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले तोकिएको समयभित्र नाम फिर्ता नलिएको र उम्मेदवार विरुद्ध कुनै दाबी विरोध समेत नपरेको कारण भोलि बिहान ९ः०० बजेदेखि आदर्शनगरस्थित बाल मन्दिर परिसरमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनुभयो ।
https://ift.tt/nVY50um
प्रतिक्रिया लेख्नुहोस्