Menu

आजको मौसम

वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी २ घण्टा धर्ना

Author
Trilok Khabar |
March 28, 2022
Featured

चैत्र १४, पर्सा । वीरगञ्ज महानगरपालिका अब महानरकपालिमा परिणत हुनबाट जोगाउनु पर्नेमा अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीले बताएका छन्।
सरिस्वा नदि प्रदुषण मुक्त अभियानद्धारा सोमबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी गरिएको २ घण्टा धर्ना तथा प्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै उनले महानगरपालिलाई नरकबाट बचाउन ध्यानाकर्षणका लागि दबाब मुलक कार्यक्रम गरेको बताए ।
     धर्ना तथा प्रदर्शनमा अभियानका सदस्य बृजेश्वर प्रसाद चौधरीले अभियानको १० बुदे माग सुनवाई नभए सम्म आन्दोलन जारी रहने जानकारी दिनु भयो । लगातार तिन वर्ष सम्म पनि बारम्बार संघर्ष गर्दा समेत सम्बन्धित निकायले कानमा तेल हालेर बसेको अभियानता चौधरीको भनाई छ ।
यता अर्का अभियानता तथा राजनितिकर्मी रम्भा मिश्रले नदिलाई प्रदुषण मुक्त गराउन सधै साथ दिने बताउनु भयो । वहाँले आस्थाको प्रतिकको रुपमा रहेको नदिको प्रदुषण मुक्त नगरे अब महानगर, महानरकमा परिणत हुने बताउनु भयो ।
अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीको अध्यक्षतामा भएको धर्ना प्रदर्शनमा वीरगञ्जका बिभिन्न स्थानको युवाहरुको सहभागीता रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3