Menu

आजको मौसम

राष्ट्रपति भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पतालको उदघाटन

Author
Trilok Khabar |
April 10, 2022
Featured

रौतहट,२७ चैत । राष्ट्रपति विद्यादेवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उदघाटन गरेकी छन।
स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले चन्द्रनिगाहापुरको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतवार उदघाटन गरेकी हुन। अस्पतालको उदघाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्वमन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ ।
प्रदेश सरकारले शुरू गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरूको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरूले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताइन।
राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् । कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।
गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३०० शय्याको सो अस्पतालको उदघाटन कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रा, पूर्वउपप्रधानमन्त्री लोसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं १ का सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3