Menu

आजको मौसम

सामान्य रुघाखोकीको लक्षण देखिएका ६ जनामा कोरोना संक्रमण पुष्टि

Author
Trilok Khabar |
July 20, 2022

वीरगंज । सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएका व्यक्तिहरूको स्वास्थ्य परिक्षण गर्दा वीरगंजमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मङ्गलवार वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा ३४ जनामा भएको पिसिआर परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित सबै महिला रहेका छन् । उनीहरूको उमेर समूह १८ देखि २० वर्षको रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो  । 

मुलुकमा पछिल्लो समय कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएको छ । डा. सिंहका अनुसार नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि सामाजिक दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न छाडेका कारण बीरगंजलगायत देशैभर पुनः कोरोना संक्रमण फैलिँदै गएको छ । 

हाल छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढिरहेको कारण वीरगंजलगायत प्रमुख सिमानाकामा रहेका सहरका बासिन्दाहरूले उच्च सतकर्ता अपनाउनुपर्ने चिकित्सक डा.सिंहले  बताउनुभयो । 

स्वास्थ्य परिक्षण गराएका ३४ जना मध्ये ६ जनालाई संक्रमण भेटिएपछि अब वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिन सक्ने सङ्केत देखा परेको चिकित्सक उहाँले बताउनुभयो । 



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3