मधेसखबर
वीरगञ्ज , साउन २४ । सप्तरीमा पोखरीमा डुबेर एक बालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका ३ का ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका ६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप पण्डितको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेका थिए । प्रहरीले उनको शव मंगलबार मात्र निकाल्नमा सफल भएको हो ।
यस्तै पण्डित सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ मा पाहुनाको रुपमा आएकोमा खेल्ने क्रममा बालक चिप्लेर पोखरीमा खसेर घाईते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।
The post पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्