Menu

आजको मौसम

लम्सालको अग्नि सहित १० कृति पुरस्कारका लागि छनोट 

Author
Trilok Khabar |
August 11, 2022
Featured

लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम  लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । 

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको  सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा निम्न सूची सार्वजनिक गरेको हो ।

छनौटमा परेका कृतिहरूमा डा. नवराज लम्सालको अग्नि, प्रतीक ढकालको उज्यालो कर्णाली, सुरेन्द्र अस्तफलकाे तेल भिसा, सुशीला पौडेलको तृषा, मोहन मैनालीको देखेको देश, डा. नेत्र एटमको प्रिय मौनता, टीका आत्रेयको भ्रूण प्रश्न, महेश थापाको मरीचिका, दिपा मेवाहाङ राई को यादको सन्दुक र बिना थिङको याम्वुनेर रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

वाङ्मय परिषद्लाई प्राप्त १२८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि रु. ५० हजार रहेको छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3