Menu

आजको मौसम

बारा, पर्सामा ९५ प्रतिशत धान रोपाई सम्पन्न

Author
Trilok Khabar |
August 01, 2022
Featured

वीरगंज । धान उत्पादनको उर्ब जिल्लाको रुपमा रहेका बारा पर्सामा जिल्लामा आज सम्म ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

चालु आर्थिक बर्ष ०७९÷८० मा चैते धान बाली रोपिएको र पानी जमेको जग्गा बाहेक ९५ प्रतिशत रोपाई योग्य क्षेत्रको रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बारा पर्साले जनाएका छन् । 

बर्षे धान मध्ये भदैया र अगहनीगरी बारा जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका धान रोपाई सम्पन्न भएको र अझै ५ प्रतिशत क्षेत्रफल धान रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र बारा कलैयाका कार्यालय प्रमुख जितेन्द्र प्रसाद यादवले बताउनुभयो ।

बारामा यस बर्ष ११ हजार ९ सय ३१ हेक्टर क्षेत्रफलमा भदैया र ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरिएको छ । 

धानको बिउ छर्ने बेलामा पर्याप्त पानी परे पनि रोपाइँको समयमा पानी नपर्दा यस वर्षको खेती खर्चिलो भएको ज्ञान केन्द्रका बाली विकास अधिकृत एवम् सूचना अधिकारी राजनारायण साहले जानकारी दिनुभयो । 

आकाशे पानीको भरमा धान रोपाई गर्नु पर्ने बाध्यता रहेको बाराको ग्रामीण क्षेत्रमा साउनको पहिलो सातामा समेत पर्याप्त पानी नपरेपछि किसान चिन्तित भएका थिए ।

यसैगरी पर्सामा पनि साउनको पहिलो साता देखि पानी पर्न थालेपछि ९५ प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्साका जितेन्द्र यादवले जानकारी दिनुभयो । 

पर्सामा यस बर्ष ३८ हजार हेक्टरमा धान रोपाई सम्पन्न भई सकेको यादवले बताउनु भयो ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3