Menu

आजको मौसम

वन फडानीको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा छुटे

Author
Trilok Khabar |
April 07, 2023
Featured

बारा, २४ चैत । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ननदकिशोर चौधरी २ लाख  धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीवार नै छुटेका हुन् ।
वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार   बिरूवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीले दसौँ लाख मूल्य बराबरको क्षति गरे पनि अदालतले गरेको आदेशको विषयमा टिप्पणी गर्न नमिल्ने बताएका छन् । 'फिल्डमा वडाध्यक्षको नेतृत्वमा हुर्किसकेको  हजारौँ बिरूवा विनाश भएका छन् दसौँ लाख मूल्य बराबरको क्षति भएको छ तर अब अहिले अदालतले २ लाख धरौटीमा छाड्ने आदेश दिएको छ तैपनि हामीले अदालतको आदेशको विषयमा चित्त नबुझे पनि टिप्पणी गर्न सक्दैनौ' डिभिजन वन अधिकृत सिंहले भने ।

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3