Menu

आजको मौसम

सुवर्ण गाउँँपालिकामा विद्यार्थी माथि दमन, लाखौंको क्षति, विद्यार्थीहरु घाइते

Author
Trilok Khabar |
May 21, 2023
Featured

बारा, ८ जेठ ।

बाराको सुवर्ण गाउँँपालिकामा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गर्दा लाखौं क्षति हुनुको साथै कैयौं विद्यार्थी घाइते भएका छन् ।

सुवर्ण गापा–४ हर्दियामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हर्दिया,औरैयामा प्रधानाध्यापकको बिषयलाई लिएर विद्यार्थीहरू केही दिन देखि आन्दोलन रहेको सहकर्मी अजय यादव बियोगीले बताए । तर एक्कासि सुवर्ण 

गाउँँपालिकाले हर्दिया माध्यमिकमा रहेका प्रधानाध्यापक रामएकबाल साहलाई आईतवार पत्र पठाएको झोकमा आज बिहानैदेखि विद्यार्थीहरू विद्यालयको हाता बाहिर आन्दोलन गर्दा सुनवाइ नभएपछि गाउँँपालिकाको कार्यालय कवही गोठ पुगेका थिए । 

तर प्रहरी र विद्यार्थी बिच दोहोर झडप भएको विद्यार्थी माथि प्रहरीले दमन गर्न थालेपछि विद्यार्थीहरू सुवर्ण गाउँँपालिकामा क्षति पुर्याएका हुन। सबै विद्यार्थीहरू हर्दिया विद्यालयमा आएपछि प्रहरीले विद्यालयमा दमन गर्न पुग्दा स्थानीयबासीको सहयोगमा प्रहरीलाई धपाईएको हर्दियाको स्थानीयबासीले जानकारी दिएका छन। यता प्रहरी र विद्यार्थी दुवै पक्षबिच घाइते भएको तर एकिन विवरण नआएको पनि बताईएको छ ।


अहिले घाइतेहरूको कलैयाको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3