Menu

आजको मौसम

जिप्रका, पर्साबाट आइतवार १२१ जनाले नागरिकता पाए

Author
Trilok Khabar |
June 26, 2023
Featured

वीरगंज, ११ असार । जिल्ला प्रशासन कार्यालय, पर्साले आइतवार जन्मसिद्ध नागरिकका १२१ जना सन्तानलाई बंशजको नागरिकता प्रदान गरिएको जनाएको छ ।
 
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आइतवार जन्मसिद्ध नागरिकका १२१ सन्तानले बंशजको नागरिकता प्राप्त गरेको बताए ।
 
उनले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरूको भिड बढेको बताए । उनले हालसम्म ३ हजार ६ सय भन्दा बढिले आवेदन दिएको बताए ।
 
सेवाग्राहीहरूलाई झन्झट नहोस् भनेर अनलाइन टोकन प्रणालीबाट सेवा दिइएको उनले बताए । अनलाइनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको मितिमा आएर सेवा लिन सक्ने सप्रजिअ पौडेलले बताए । सेवाग्राहीले जिप्रका, पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सक्नेछन् ।

उनले आज सोमवार दिउँसो १ बजेसम्म ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3