स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगंजका सम्पूर्ण शैक्षिक संस्था मंगलवार बन्द

SHARE:

वीरगंज, २६ असार । वीरगंजका सम्पूर्ण शैक्षिक संस्था आज बन्द भएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेको थियो ।

आज वीरगंजका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ भने केही विद्यार्थीहरुले लिइरहेको परीक्ष्Fा भोलिका लागि सारिएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत पोखरिया नगरपालिका घर भएका विजय शर्माको सोमवार दुर्घटनामा मृत्यु भएको थियो । सोमवार सिमरा कलेजबाट परीक्षा दिएर फर्कने क्रममा नितनपुरस्थित सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षा दिएर मोटरसाइकलमा  आउने क्रममा नितनपुरमा उनी दुर्घटनामा परेको र उपचारको लागि नारायणी वयोधा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

ठाराब क्याम्पसका विद्यार्थीहरूले यसपटक पनि परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकामा आपत्ति जनाउँदै विरोध गरेका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो भने आठजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विद्यार्थीहरूले होम सेन्टरको माग गर्दै आएका छन् तर केही वर्षदेखि यहाँको परीक्षा सिमरा र कलैयामा लिइँदै आइएको छ । टाढा आवतजावतमा समस्या हुने भन्दै परीक्षा केन्द्रको विरोध भइरहेका बेलामा आज यो दुर्घटना भएर एकजना विद्यार्थीको मृत्यु भएको हो ।

घटनाको विरोधमा ठाकुर राम बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको थियो । क्याम्पस प्रशासनविरूद्ध ठाकुर राम बहुमुखी क्याम्बसबाट जुलुस निकालेर नगरपरिक्रमा गरिएको थियो । सो क्रममा आक्रोशित विद्यार्थीहरूले सोमवार बजार बन्द गराएका थिए । क्याम्पस प्रमुख मुर्दाबाद, क्याम्पस प्रशासन मुर्दाबाद भन्दै सहभागी विद्यार्थीहरूले होम सेन्टर नराखेका कारण विद्यार्थीको दुर्घटनामा मृत्यु हुन गएको बताए ।

विद्यार्थी नेता निखिल वर्णवालले ठाकुर राममा अध्ययनरत विद्यार्थीहरू सबै सक्षम नभएका र आर्थिक अवस्थाले गर्दा वीरगंजबाहिर केन्द्रमा गएर परीक्षा दिन नसक्ने हुँदा वीरगंज महानगरमैं परीक्षा केन्द्र हुनुपर्ने आफूहरूको मागविपरीत सिमरा र कलैयामा परीक्षा केन्द्र राखिएका कारण आज दुर्घटना भएको बताए । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगंजका सम्पूर्ण शैक्षिक संस्था मंगलवार बन्द
वीरगंजका सम्पूर्ण शैक्षिक संस्था मंगलवार बन्द
https://blogger.googleusercontent.com/img/a/AVvXsEjFmSc33tVIagclQjqaP0H-E5etOeOKt2Tb59MSrkRzpqhBjXvmM8pyRVICuWojpoz1T6Xla1JxgNHgBQN_uN3eriS17qjHNK2-Owycl0o7B2h-UNScUMLjxqQ8V5sO-HaQLVfAtOqJJNB1gKjM2v1R117K2GeeWeOWNDEKS0-HTdsd2X4jKMQnLzRBy0Hy=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjFmSc33tVIagclQjqaP0H-E5etOeOKt2Tb59MSrkRzpqhBjXvmM8pyRVICuWojpoz1T6Xla1JxgNHgBQN_uN3eriS17qjHNK2-Owycl0o7B2h-UNScUMLjxqQ8V5sO-HaQLVfAtOqJJNB1gKjM2v1R117K2GeeWeOWNDEKS0-HTdsd2X4jKMQnLzRBy0Hy=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2023/07/blog-post_67.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2023/07/blog-post_67.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content