Menu

आजको मौसम

update: चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु, मृतकमध्ये ६ जना भारतीय

Author
Trilok Khabar |
August 24, 2023
Featured

सिमराः पथलैया-हेटौडा सडकखण्ड अन्तर्गत चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ३-००१ ख ७९९४ नम्बरको बस विहिबार बिहान करिब १ बजे चुरियामाईमा दुर्घटना भएको हो । तिव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् भने अन्यको नाम खुलेको छैन । दुर्घटनामा घाईते भएका १७ जनाको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ ।

घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् । यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवान घाइते भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3