Menu

आजको मौसम

इजरायलमा मृत्यु भएका आनन्दको शव माग गर्दै चक्काजाम

Author
Trilok Khabar |
October 09, 2023
Featured

धनुषा,  २२ असोज । इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।

शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमवार बिहान ९ बजेदेखि ढल्केबर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका छन् । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक अरू सवारी चल्न दिएका छैनन् ।

स्थानीयका अनुसार इजरायलमा विद्रोही समूको आक्रमणबाट मृत्यु भएका साहको शव ल्याउन नेपाल सरकारसँग माग गर्दै चक्काजाम गरिएको बताउनुभयो । उहाँहरूले शव ल्याउने निश्चित नभएसम्म चक्काजाम नखोलिने जानकारी दिनुभयो ।

इजरायलमा शनिवार भएको आतङ्ककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये साहसमेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गर्नुभयो । मृतक साह गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिनका लागि इजरायल जानुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3