Menu

आजको मौसम

बारा प्रहरीद्वारा ३७ लाखको सामानसहित ट्रक नियन्त्रण

Author
Trilok Khabar |
January 26, 2024
Featured

बारा, १२ माघ । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रुपियाँ बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा रौतहट बाट काठमाण्डौ तर्पm जादै गरेको प्र.०३–०३–००१ख ००८४ न.को यात्री बाहक बसबाट घडी ३२५ वटा,अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपियाँको विल नभएको प्रहरीले समान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा रूपन्देहीबाट लाहान–सिराह तर्पm जादै गरेको लु १ क २८८८ नं. को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपियाँँ बराबरको विल नभएको मिनिट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुर तर्पm जादै गरेको ना ३ ख ११४३ नं. को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य  ५ लाख ७० हजार रुपियाँँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा  बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3