Menu

आजको मौसम

आगलागी हुँदा ११ घर जलेर नष्ट, सर्लाहीको दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र

Author
Trilok Khabar |
April 08, 2024
Featured

वीरगंज, २६ चैत । सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ। सोमवार बिहान ११ बजे बसबरिया गाउँँपालिका–३ भवानिपुरको बङ्गलवा स्थित दलित बस्तीमा आगलागी भएको हो ।

आगलागीबाट ११ दलित परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम हुँदैछ झण्डै दुर्ई घण्टा पछि आग्रो नियन्त्रिणमा आएको थियो।

आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेको उनले बताए। आगलागीबाट लाखौंको क्षति भएको अनुमान छ।

आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुर्ईवटा वारूणयन्त्र परिचालन गरिएको थियो।

२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र रहेको छ। सदरमुकाम  मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारूणयन्त्र छैन।
सममयमै वारूणयन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3