Menu

आजको मौसम

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

Author
Trilok Khabar |
June 14, 2024
Featured

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले कुशवाहाको हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिए पनि परिचय भने खुलाएको छैन।

शुक्रवार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा अज्ञात समूहले गोली हानी कुशवाहाको हत्या गरिएको हो ।

कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगंजको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

आदर्श कोतवाल गाँउपालिका २ का स्थायी बासिन्दा कुशवाहा गाँउबाट कलैया तफ जाने क्रममा मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहारमा संलग्नहरू मृतकको चिनजानकै व्यक्ति हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् ।

संलग्नहरूको लगभग पहिचान भइसकेको जनाउँदै कुशवाह हत्या प्रकरणमा चाँडै नतिजा आउने एक अनुसन्धान अधिकृतले दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3