Menu

आजको मौसम

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

Author
Trilok Khabar |
October 10, 2024
Featured

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ ।

वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज अपराहन नेपाली सेना, प्रहरीलगायतले फूलपाती भित्र्याएका हुन् ।

फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

वीरगंजमा आज सप्तमीको मेला निकै भीडभाडका साथ लाग्दैछ । घण्टाघर, माईस्थान र भारतीय महावाणिज्य दूतावासको सडकसम्म करीब एक किलोमिटर लाग्ने मेलामा गाउँ गाउँबाट मेला भर्न आउनेहरुको भीड लाग्न थालेको छ । अष्टमीसम्म निकै भीडभाडका साथ मेला लाग्ने र नवमीदेखि मेला विसर्जन हुने गर्दछ ।

वीरगंजको विभिन्न स्थानमा दुर्गा भवानीको भव्य मेला बनाएर पूजाआजा गर्ने प्रचलन पनि रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3