Menu

आजको मौसम

खाने होइन वीरगंजको तात्तो रसिलो जिलेबी ?

Author
Trilok Khabar |
October 07, 2024
Featured

वीरगंज, २१ असोज ।

नवरात्रिको नवौं दिनसम्म वीरगंजको घण्टाघरदेखि आदर्शनगर क्षेत्रमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको ताजा र रसिलो जिलेबी हो । नौं दिनसम्म लाग्ने नवरथा मेलामा वीरगंजको सडक पेटीमा सयौं जिलेबी पसलहरू थापिएका छन् । आर्थिक मन्दीको समयमा पनि उनीहरूको पसलमा जिलेबी किन्नेहरूको कमी हुँदैन । एक पाउ, आधा किलो, एक किलो जिलेबी बिक्री हुने उनीहरूको ग्राहक भनेको पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा हुन् ।

गाउँ–गाउँबाट आएका कारीगरहरूले आकर्षक एवं रहरलाग्दा जिलेबी बनाएका छन् । सो ठाउँबाट ओहोरदोहोर गर्नेहरूको जिलेबी हेरेर मुख रसाउने गर्छ ।

वीरगंजमा लाग्ने मेलाको प्रमुख आकर्षण जिलेबीपसल रहँदै आएको छ र यस वर्ष पनि जिलेबीपसल नै सबैभन्दा बढी देखिएको छ ।

वीरगंजमा सप्तमी र अष्टमीका दिन भव्य मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गरेर बिपी उद्यानदेखि आदर्शनगर चोकसम्म र माईस्थानदेखि गीतामन्दिर चोकसम्म परम्परागतरूपमा मेला लाग्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3