Menu

आजको मौसम

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Author
Trilok Khabar |
August 08, 2025
Featured

वीरगंज, २३ साउन । बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्साले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा ठोरी गाउँँपालिका २ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेको प्रहरीले जनाएको छ ।
साहले साउन २१ गते बिहान ठोरीस्थित जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । बाख्रा चराउन गएकी बालिकालाई एक्लै पारेर १० रुपियाँको नोट दिई फकाउँदै जबरजस्ती करणी गरेको जाहेरी परेपछि साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
बालिकाको जाहेरीका आधारमा पक्राउ परेका साहमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धान थालिएको प्रवक्ता लम्सालले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3