Menu

आजको मौसम

कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर

Author
Trilok Khabar |
August 05, 2025
Featured

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अल्पाइन माध्यमिक विद्यालयका अमित कुशवाहा पर्सा जिल्लाको टपर भएका छन्। ३.८६ जिपिए ल्याएर कुशवाहा पर्सा जिल्ला टपर भएका हुन्।
२०८१ र २०८२ लगातार दुई वर्ष जिल्ला टपर भएपछि विद्यालयका सम्पूर्ण परिवार खुशी मनाउँदै छन्।
 
कक्षा १२ को परीक्षामा अल्पाइन माविका १३१ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए जसमध्ये १३ जना विद्यार्थीले ए प्लस जिपिए ल्याएका छन्। वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माविले यस वर्षको कक्षा १२ को परीक्षामा ८९ प्रतिशत रिजल्ट ल्याएका विद्यालयका फाउन्डर विनोद उपाध्यायले जानकारी गराउनुभयो।
 
पर्सा जिल्ला टपर अमित कुशवाहाको सम्मानमा विद्यालयले बुधवार बिदा घोषणा गरेको छ।
 
राष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा प्रकाशित गरेको थियो। प्रकाशित नतिजा अनुसार देशभरिका नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  

गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुर्ई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यसमा ३८ दशमलव ८३ विद्यार्थीले 'ननग्रेड' प्राप्त गरेका बोर्डले जनाएको छ।
 
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन्। समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुर्ई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ।

ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3