Menu

आजको मौसम

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

Author
Trilok Khabar |
October 19, 2025
Featured

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ ।
 
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतवार जारी गरेको सूचनामा पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय / डर र पटकाबाट निस्किने आगोको झिल्काले हुन सक्ने आगलागी समेतलाई मध्यनजर गरी पटका पड्काउने कार्य निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाईएमा कानून बमोजिम कारबाही हुनेछ ।

जिल्ला प्रशासन कार्यालय पर्साले रातीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी देउसी भैलो राती ९ः०० बजेसम्म मात्र खेल्न आग्रह पनि गरेको छ । राति ९ः०० बजेको समय पछि खेलिने खेलाईने देउसी भैलोलाई बन्द गरिने चेतावनी दिइएको छ ।

चाडपर्वको उपलक्ष्यमा खेलिने/खेलाईने जुवातासमा हारजीत भई आर्थिक व्ययभार पर्ने हुँदा जुवातास नखेल्न/नखेलाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पास लिएका अत्यावश्यक सेवासँग सम्बन्धीत सरकारी काममा बाहेक अन्य कामका लागि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन नचलाउन पनि अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3