वीरगंज, ५ पुस । पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सुपारीबारे विभिन्न चर्चा परिचर्चा चलिरहेका छन् ।
मलेशियाबाट आयात गरिएको र वीरगंज भन्सारबाट मापदण्ड अनुरुप राजस्व दाखिला गरी आयात भएको सुपारीलाई अवैध भनी अनावश्यक चर्चामा ल्याएकोमा उद्योगीले गुनासो व्यक्त गरेका छन् ।
महोत्तरी जिल्लास्थित रहेको ओम साईं प्रोडक्ट्सले आयात गरेको सुपारी भारतको विशाखापट्टनम बन्दरगाहबाट ल्याउँदा तोकिएको समय सीमाभित्र कन्टेनर खाली नगर्दा दैनिक ७० देखि ८० हजार अतिरिक्त बिलम्ब शुल्क तिर्नुपर्ने बाध्यताले गर्दा हामी वीरगंजस्थित गोदाममा अनलोड गरी विस्तारै अन्य सवारी साधनमार्फत आफ्नो उद्योगमा लैजाने गरेको उद्योगका सञ्चालक बताउँछन् ।
विभिन्न निकायबाट आवश्यक स्वीकृतिसहित भन्सारबाट मापदण्ड अनुरुपको राजस्व दाखिला गरी वीरगंज वडा नं. २ स्थित निशान्त लुनावत जैनको घर गोदामको रुपमा भाडामा लिई अनलोड गर्ने बेलामा प्रहरीले छापामारी गरी नियन्त्रणमा लिएको सुपारीलाई अवैध भनी प्रचार प्रसार गरिएकोप्रति ओम साईं प्रोडक्टका सञ्चालक युवराज पराजुलीले आपत्ति जनाएका छन् ।
उनले गोदाम दर्ता नभएको अवस्थामा त्यो ठाउँमा भण्डारण गर्न खोज्दा एउटा पाटो हुन सक्ला । तर राजस्व तिरेर सम्बद्ध निकायको स्वीकृति लिएर आयात गरिएको सुपारीलाई अवैध भन्नुको साथै असम्बन्धित व्यक्तिको नाम जोडिनु आफैंमा अमर्यादित हुनेमा दुविधा नभएको बताउँछन् ।
पराजुलीले चर्चामा ल्याइए जस्तो नभई उक्त सुपारी मेरो उद्योगको हो र यसमा कोही कसैको संलग्नता नहुनुको साथै उक्त सुपारी आफ्नो उद्योगबाहेक अन्यत्र लैजाने कुनै नियत नभएको समेत प्रष्ट्याएका छन् ।
मुलुकको जर्जर आर्थिक अवस्थाका स्थितिमा सरकारी मापदण्ड पूरा गरी आयात गरिएको सामानलाई गोदाम दर्ता नभएकै बहानामा यसरी नियन्त्रणमा लिएर अनावश्यक विषय चर्चामा ल्याएर निर्दोष व्यवसायीहरुलाई निरुत्साहित गर्ने कार्यले उद्योग व्यवसाय धराशायी हुनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण नहुनु दुर्भाग्यपूर्ण भएको व्यवसायी वृत्तमा गुनासो व्याप्त छ ।

प्रतिक्रिया लेख्नुहोस्