वीरगंज, २६ माघ । भन्सार छली गरी लुकाइएका कपडा नियन्त्रणमा लिने क्रममा वीरगंजमा सशस्त्र प्रहरीमाथि ट्रान्सपोर्ट व्यवसायीले आक्रमण गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर–१० आदर्शनगरमा प्रमोद कुमार कानुले गैरकानुनी रूपमा भण्डारण गरी राखेको कपडामाथि छापा मार्न पुगेको भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीमाथि आक्रमण भएको सशस्त्र प्रहरीले जनाएको छ ।
कपडा नियन्त्रण गरी प्रहरीको गाडीमा लोड गर्न थालेकै क्रममा आक्रोशित समूहले सशस्त्र प्रहरीमाथि हातपात गरेको पर्सा सशस्त्र प्रहरी प्रमुख एसपी मोहन क्षेत्रीले जानकारी दिएका छन् ।
भन्सार छलीको कपडा राखिएको ठोस सूचनाका आधारमा छापा मार्न खोज्दा नियन्त्रण प्रक्रियालाई अवरोध गर्दै स्थानीय व्यापारीहरूले विवाद सिर्जना गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन।
आक्रमणका क्रममा सशस्त्र प्रहरीको ना १ झ १५३१ नम्बरको सरकारी भ्यानको सिसा फुटाइएको छ भने एक जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन।
घटनाको दौरान सशस्त्र प्रहरीका महम्मद अन्सारी आलमको मोबाइल फोनसमेत खोसिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
सशस्त्र प्रहरी बल पर्साका अनुसार घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजमार्पmत पहिचान गरी दोषीविरूद्ध कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्