Menu

आजको मौसम

मारवाडी प्रिमियर लिगमा दुई खेल सम्पन्न

Author
Trilok Khabar |
March 14, 2026
Featured

वीरगंज, ३० फागुन । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेल मनास्थलु रैडर र अन्नपूर्ण टाइगरबीच भएको छ। उक्त खेलमा मनास्थलु रैडरले पहिलो ब्याटिङ गर्दै अन्नपूर्ण टाइगरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्ण टाइगरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित हासिल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

त्यसैगरी दोस्रो दिनको दोस्रो खेल धौलागिरी बौधीमाई र कञ्चनजंगा वीरगंजबीच भएको थियो । खेल प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
 
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा फागुन २९ गतेदेखि शुरू भएको उक्त प्रतियोगिता चैत ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० वटा टोली सहभागी रहेका छन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपियाँँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपियाँँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3