Menu

आजको मौसम

सर्वोच्चको आदेशपछि बीरगन्जमा डोजर: मुख्य सडक २५ मिटर फराकिलो पारिँदै

Author
Trilok Khabar |
April 19, 2026
Featured
बीरगन्ज, ६ वैशाख - लामो समयको कानुनी विवादपछि बीरगन्जको मुख्य सडक विस्तार कार्य सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेसँगै सडक डिभिजन कार्यालय हेटौँडाले गण्डकदेखि मितेरी पुलसम्म डोजर चलाउन थालेको हो।

सडक विस्तार रोक्न माग गर्दै परेका १,२०० भन्दा बढी रिटहरू सर्वोच्चले खारेज गरेपछि विस्तारको बाटो खुलेको हो। सडकको दायाँ–बायाँ २५–२५ मिटर भित्र पर्ने सबै स्थायी र अस्थायी संरचनाहरू भत्काइँदै छ।

प्रशासनले संरचना खाली गर्न मात्र १२ घण्टाको समय दिएको भन्दै स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गरेका छन्।

सुरक्षा व्यवस्था कडा पारिएको छ भने विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। घर भत्काइएका कारण स्थानीयहरू मानसिक तनावमा छन्।

सडक विस्तारले बीरगन्जको ट्राफिक समस्या दीर्घकालीन रूपमा समाधान गर्ने अपेक्षा गरिए पनि, मुआब्जा र समयको अभावलाई लिएर स्थानीयमा चरम असन्तुष्टि देखिएको छ।
Uploaded Image

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3