Menu

आजको मौसम

सीआईबीमा उपेन्द्र महतो उपस्थित

Author
News Desk |
August 01, 2026
Featured

काठमाडौं । स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि व्यावसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका छन् ।

सिआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले महतो आफैँ कार्यालयमा उपस्थित भएको र सोध्नुपर्ने विषयमा कुरा भइरहेको बताए ।
सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएपछि सिआईबीले अनुसन्धान अगाडि बढाएको थियो ।

यही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए । उनले सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरीनामा दिएको आरोप छ । जोशीपछि लिलामी प्रक्रियामा पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3