Menu

आजको मौसम

लागूऔषध दुर्व्यसनविरुद्ध वीरगंजमा ‘सरी मम’ को प्रदर्शन

Author
News Desk |
August 02, 2026
Featured

वीरगंज , साउन १७ —

लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।

एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा भएको कार्यक्रममा वीरगंज, सिमरा र कलैया क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चलचित्रमार्फत लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावलाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक र समाजले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए। प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले विद्यार्थीलाई नैतिक शिक्षा र जीवनोपयोगी सचेतना आवश्यक रहेको भन्दै विद्यालयस्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको बताए। उनले लागूऔषधको कुलतमा फसेका युवाको पीडा र त्यसबाट बच्नुपर्ने सन्देश चलचित्रमार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै यस्ता विशेष प्रदर्शन देशका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिने जानकारी दिए।

चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले युवापुस्तामा लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्न यस्ता जनचेतनामूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3