Menu

आजको मौसम

सुनसरी हिंसामा घाइते रबिन्द्र मेहताको पनि निधन

Author
News Desk |
August 04, 2026
Featured

सुनसरी, साउन २० —

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक हिंसात्मक घटनामा गम्भीर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत मेहताको मंगलबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष बेचन मेहताले जानकारी दिएका छन्।

रबिन्द्र मेहताको निधनसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सोही घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो।

घटनापछि पीडित पक्ष र सरकारबीच गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सातबुँदे सहमति भएको थियो। सोही सहमतिपछि यसअघि मृत्यु भएका दुई जनाको अन्त्येष्टि गरिएको थियो।

घाइते मेहताको पनि निधन भएपछि कप्तानगन्ज क्षेत्रमा पुनः शोकको वातावरण बनेको छ। स्थानीयवासीले घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न तथा पीडित परिवारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

उक्त घटनापछि सुनसरीका प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन प्रशासनले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3