Menu

आजको मौसम

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार पनि ४ अर्बमा सीमित

Author
News Desk |
August 04, 2026
Featured

वीरगंज , साउन १९ —

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अङ्कले घट्दै २ हजार ६६३.१८ विन्दुमा झरेको छ।

आज कारोबार भएका सबै समूहका उपसूचक ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबारमा ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आज २१३ कम्पनीको शेयर मूल्य घटेको, ५९ कम्पनीको बढेको तथा ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

व्यक्तिगत कम्पनीतर्फ सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य झन्डै १३.५ प्रतिशतले घट्दा समग्र बजार घटेको दिन एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3