Menu

आजको मौसम

उपकार सेवा नेपालद्वारा अपाङ्ग व्यक्तिलाई ह्वीलचेयर सहयोग

Author
News Desk |
August 03, 2026
Featured

वीरगंज , साउन १९ —

उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–२ छपकैयाका शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका एक असहाय व्यक्तिलाई ह्वीलचेयर सहयोग गरेको छ।

उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडीयाको सहयोगमा उपलब्ध गराइएको ह्वीलचेयर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेकी हुन्।

ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफ, अमर सर्राफलगायत स्थानीय समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले यसअघि पनि पर्सासहित विभिन्न दुर्गम क्षेत्रमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री, ह्वीलचेयर तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3