Menu

आजको मौसम

यादवको आमरण अनशनमा महतो र यादवको समर्थन

Author
News Desk |
August 04, 2026
Featured

पर्सा , साउन १९ —

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशनमा विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन्।

राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतो र जसपाका नेता राजकिशोर यादव अनशनस्थल पुगेर यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारलाई तत्काल वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

राष्ट्रिय एकता दलले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडितलाई न्याय, मृतकलाई शहीद घोषणा र घाइतेको उपचारलगायतका माग राख्दै आन्दोलन जारी राखेको जनाएको छ।

दलले आफ्ना माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3